शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ « Khabarhub

शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले पुरा गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले शिक्षकहरूको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागहरूलाई पुरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने उनले बताए ।

सभापति देउवाले विद्यार्थीहरूको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज नरहेको उल्लेख गरे । त्यस्तै सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने विद्यार्थीको सङ्ख्या कम भएको उल्लेख गरे ।  

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ५७ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला