शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ « Khabarhub

शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले पुरा गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले शिक्षकहरूको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । शिक्षक, प्राध्यापकका जायज मागहरूलाई पुरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने उनले बताए ।

सभापति देउवाले विद्यार्थीहरूको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज नरहेको उल्लेख गरे । त्यस्तै सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने विद्यार्थीको सङ्ख्या कम भएको उल्लेख गरे ।  

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ५७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण