अहमदावामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा २ सय ४ शव भेटियो, ४१ घाइतेको उपचार हुँदै « Khabarhub

अहमदावामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा २ सय ४ शव भेटियो, ४१ घाइतेको उपचार हुँदै


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानको भग्नावशेषबाट २ सय ४ जनाको शव निकालिएको छ । अहमदावादका प्रहरी आयुक्तले हालसम्म २ सय ४ जनाको शव फेला पारिएको जानकारी दिएका हुन् । आयुक्त जीएस मलिकका अनुसार हालसम्म ४१ जना घाइतेको उपचार भइरहेको छ ।

यसअघि प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको हुनसक्ने बताएको थियो । ‘विमान दुर्घटनामा कोही पनि जिवित नरहेको देखिन्छ ।’ आयुक्त मलिकले समाचार संस्था एपीलाई भनेका छन् । कार्यालयहरु समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीयहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए । उनी आफ्नी छोरी भेट्न लण्डन जाँदै थिए ।

२ सय ३० यात्रुमध्ये १ सय ६९ जना भारतीय नागरिक छन् । त्यसैगरी, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि विमानमा सवार थिए ।

बिहीबार दिउँसो लण्डनको ग्याट्विक विमानस्थलका लागि उडान भरेको एअर इण्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरुको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ०४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा