अहमदावामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा २ सय ४ शव भेटियो, ४१ घाइतेको उपचार हुँदै « Khabarhub

अहमदावामा दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा २ सय ४ शव भेटियो, ४१ घाइतेको उपचार हुँदै


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानको भग्नावशेषबाट २ सय ४ जनाको शव निकालिएको छ । अहमदावादका प्रहरी आयुक्तले हालसम्म २ सय ४ जनाको शव फेला पारिएको जानकारी दिएका हुन् । आयुक्त जीएस मलिकका अनुसार हालसम्म ४१ जना घाइतेको उपचार भइरहेको छ ।

यसअघि प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको हुनसक्ने बताएको थियो । ‘विमान दुर्घटनामा कोही पनि जिवित नरहेको देखिन्छ ।’ आयुक्त मलिकले समाचार संस्था एपीलाई भनेका छन् । कार्यालयहरु समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीयहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए । उनी आफ्नी छोरी भेट्न लण्डन जाँदै थिए ।

२ सय ३० यात्रुमध्ये १ सय ६९ जना भारतीय नागरिक छन् । त्यसैगरी, ५३ जना बेलायती, सात जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक पनि विमानमा सवार थिए ।

बिहीबार दिउँसो लण्डनको ग्याट्विक विमानस्थलका लागि उडान भरेको एअर इण्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरुको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ०४ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै