बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन् । 

बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरू सधैँ मुस्कुराइहुन् भन्ने चाहन्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न र शासकहरूलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रूपमा बालबालिकाका कुरा सुनिरहेको छु ।’, बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनु हुँदैन । उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरू जारी रहनेछन् ।’

उनले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरूको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने स्पष्ट गरे ।

‘मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ । सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ ।’, प्रधानमन्त्रीको भनाइ थियो, ‘बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ ।’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा चिठी बुझाएका थिए ।

कार्यक्रममा एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताए भने  राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी–नेपाल)का सहअध्यक्ष नरेन्द्र डङ्गोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : १० बजे

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम

बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ– शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका– ५ अस्तु बतासेडाँडामा भएको

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक