आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ « Khabarhub

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई मोसो दलेको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का केन्द्रीय सदयद्वय पदमबहादुर मगर र अविनाश कुँवर पक्राउ परेका छन्। त्यसैगरि पार्टीका सिराहा जिल्ला सदस्य गर्भु महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले बिहीबार दिउँसो मोसो दलिदिएका हुन् ।

नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाएका थिए ।

आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।

याे पनि…

आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई मोसो

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण