द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीबीच छलफल « Khabarhub

द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीबीच छलफल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा भारत र ब्रुनाइका अधिकारीहरुबीच छलफल भएको छ । भारतीय विदेशसचिव (पूर्व) र ब्रुनाइ दारुसलामको विदेश मन्त्रालयका स्थायी सचिव हाजा जोहारिहा बिन्ती अब्दुल वहाबबीच मलेशियामा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई अधिकारीबीच द्विपक्षीय साझेदारलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पछिल्लो समय भारतले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानका सदस्यहरुसँग साझेदारी विस्तार गरिरहेको छ ।

यसै अनुसार आशियान सदस्य राष्ट्र ब्रुनाइका अधिकारीसँग भारतीय विदेश सचिवले भेटवार्ता गरेको जनाइएको छ । आशियानमा ब्रुनाइसहित कम्बोडिया, इण्डोनेशिया, मलेशिया, लाओस, म्यान्मार, भियतनाम, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्स गरी १० मुलुक सदस्य छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ११ : ४५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट