फ्युल कन्ट्रोल स्विच अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक « Khabarhub

फ्युल कन्ट्रोल स्विच अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ। रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो।

‘किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ। दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो।

प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ। एयर इन्डियाले मृतकको परिवारको दुःखमा आफ्नो पनि साथ रहेको बताएको छ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो। त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो। चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ। त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए। त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ०८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट