शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै « Khabarhub

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछी खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० मा तटबन्धसहित जालीको व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौँ’, उनले भने, ‘करिब रु १० लाख खर्चेर बस्ती जोगाउन यो पहल थालेका हौँ ।’ 

उनका अनुसार यहाँ ७० परिवार बसोबास गर्दछन् । यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १२ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म