सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे « Khabarhub

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले उनैलाई नोक्सानी गरेको सचिव सोमप्रसाद पाण्डेले बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न नसकेको तर झाँक्रीले मरेको सिनो भनेको उल्लेख गरे ।

झाँक्रीले अध्यक्ष नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताउँदै पाण्डेले भने, ‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ, जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ, सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ, उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन् ।’

सचिव पाण्डेले थपे, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेरसमेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न ।’

सचिव पाण्डेका अनुसार पार्टीको सचिवालय बैठकले झाँक्री सुध्रिएर लिखित रूपमा माफी मागे कारबाही नगर्ने निर्णय भएको छ । उनले भने, ‘भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’

तर झाँक्रीले पार्टीको सचिवालय बैठकले ७ दिनभित्र माफी माग्दै स्पष्टीकरण दिन दिएको निर्देशनलाई बेवास्ता गर्दै आएकी छन् । उनले आफ्नो अभिव्यक्ति गलत भयो भनेर माफी नमाग्नेसमेत बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ५३ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा