सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे « Khabarhub

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले उनैलाई नोक्सानी गरेको सचिव सोमप्रसाद पाण्डेले बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न नसकेको तर झाँक्रीले मरेको सिनो भनेको उल्लेख गरे ।

झाँक्रीले अध्यक्ष नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताउँदै पाण्डेले भने, ‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ, जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ, सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ, उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन् ।’

सचिव पाण्डेले थपे, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेरसमेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न ।’

सचिव पाण्डेका अनुसार पार्टीको सचिवालय बैठकले झाँक्री सुध्रिएर लिखित रूपमा माफी मागे कारबाही नगर्ने निर्णय भएको छ । उनले भने, ‘भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’

तर झाँक्रीले पार्टीको सचिवालय बैठकले ७ दिनभित्र माफी माग्दै स्पष्टीकरण दिन दिएको निर्देशनलाई बेवास्ता गर्दै आएकी छन् । उनले आफ्नो अभिव्यक्ति गलत भयो भनेर माफी नमाग्नेसमेत बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ५३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि