झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो « Khabarhub

झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो आवमा १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, नबिलले गत आवमा शुल्क र कमिसनबापत हुने आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा पनि वृद्धि गरेको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफा चार अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगको छ । अपरिस्कृत तथ्यांकअनुसार गत आवमा बैंकको प्रति सेयर आम्दानी २६.३४ रुपैयाँ, मूल्य आम्दानी रेसियो २०.५५, प्रति सेयर नेटवर्थ २३५.५८ रुपैयाँ पुगेको छ ।

साथै, विवरणअनुसार बैंकको जोखिम भार सम्पत्तिको लागि पुँजीकोष अघिल्लो आवको तुलनामा घटेर ११.९४ प्रतिशत भएको छ भने कुल खराब कर्जा पनि अघिल्लो आवको तुलनामा घटेर ४.२७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ११ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज