‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’  « Khabarhub

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले करिब ६० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औसत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताए।  

कृषि क्षेत्रमा काम गर्दे आएका नमूना कृषि सहकारी, एकीकृत कृषि प्रणाली, र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यहरूले  ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषक सम्म समावेश रहने पारिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरुप रहिआएको छ भने।

ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न सबै क्षेत्रको प्रयास अपरिहार्य रहेकोमा जोड दिए।

सिँचाइको  विस्तार, कोल्ड स्टोरेज पूर्वाधारको निर्माण, र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म पहुँच बनाई आयआर्जनमा वृद्धि गर्न सहयोग पुग्नेछ भने। 

गोष्ठीलाई कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा , राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव  डा. गोविन्द प्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु, नेपाल कृषि सहकारी संघका अध्यक्ष खेम पाठक लगायतले सम्बोधन गरेका थिए ।
 
३ दिनसम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीतिनिर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ  ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ५७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी