तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा  « Khabarhub

तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर लिलामी बिक्रीमा खुल्ला गरिएको छ । कम्पनीले हकप्रद शेयर मार्फत शेयर बिक्री गर्ने खोज्दा बिक्री नभको करिब ४ लाख १८ हजार ७३८ लाख कित्ता शेयर लिलामी बिक्रीमा राखेको हो । 

कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ। 
 
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ३ गते रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : २२ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र