भद्र सहमति कार्यान्वयन नभए बानियाँलाई विश्वासको मत नदिने लामा समूहको अडान « Khabarhub

भद्र सहमति कार्यान्वयन नभए बानियाँलाई विश्वासको मत नदिने लामा समूहको अडान


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहमा रहेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको भद्र सहमति कार्यान्वयन नहुँदासम्म मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने अडान लिएका छन् । 

मुख्यमन्त्री बानियाँले मंगलबार अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिरहेका बेला लामा समूहमा रहेका १४ जना प्रदेशसभा सदस्यहरू काठमाडौंमै आन्तरिक छलफलमा छन् । 

उनीहरूले तत्कालीन मुख्यमन्त्री लामाले साउन १४ गते मन्त्रीमा नियुक्त गरेका प्रदेशसभा सदस्यहरू पुनः मन्त्रीमा नियुक्त नहुँदासम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने अडान लिएका छन् ।  

लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश संसदीय दलको नेतामा पराजित लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि सभापति देउवाको निवास बूढानीलकण्ठमा बानियाँसँग आफूले नियुक्त गरेका मन्त्रीहरूलाई शपथ खुवाउनुपर्ने प्रस्ताव गरेका थिए । सभापति देउवाकै अघि राखिएको उक्त प्रस्ताव बानियाँले स्वीकार गरेको लामा पक्षीय नेताहरूको दाबी छ । 

लामापक्षीय सांसद गीता गुरुङले सभापति देउवाको रोहबरमा भएको सहमति कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको बताइन् । उनले अहिले आफूहरू काठमाडौंमा आन्तरिक छलफलमा रहेको पनि बताइन् । 

‘लामा र बानियाँ दुबै हाम्रा सम्मानित नेता हुनुहुन्छ । अहिले देखिएको हाम्रो आन्तरिक समस्या हो । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिँदै गर्दा सभापतिज्यूका अगाडि भएको सहमति कार्यान्वयन गर्ने कुरा हो,’ सांसद गुरुङले खबरहबसँग भनिन्, ‘सहमति कार्यान्वयन गरे विश्वासको मत दिइहाल्छौँ नि । बानियाँ हाम्रो मुख्यमन्त्री भइहाल्नुहुन्छ । तर, त्यसका लागि सभापतिज्यूका अगाडि गरेको सहमति कार्यान्वयन हुनुपर्छ ।’

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् । 

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँ मंगलबार विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : ५६ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा