खोलामा डुबेर दुई बालकको मृत्यु « Khabarhub

खोलामा डुबेर दुई बालकको मृत्यु


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । 

ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

‘ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहनेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी ठोरीमा पुर्‍याएको थियो’, उनले भने, ‘स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’ 

पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : १४ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम