रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार  « Khabarhub

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।  

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न अनुमति दिएका थिए । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । उनीपछि सभामुख घिमिरेले राप्रपाका सांसद बिना लामालाई बोल्न अनुमति दिएका थिए । 

सांसद लामा बोलिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरू गत जेठ १३ गतेदखि लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ४७ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम