प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ « Khabarhub

प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताएका छन् ।

महेन्द्रनगरमा आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरको उद्घाटन समारोहमा उनले वीर सहिदले अहिलेसम्मको सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताएका हुन् ।

विसं २००६ मा कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य र पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि नेपालको क्रान्तिकारी आन्दोलनले फड्को मारेको उनले बताए ।

‘नेपालमा ठूलो युगान्तकारी राजनितिक परिवर्तन भयो जुन परिवर्तन आज सङ्घीय लोकतान्त्रीक गणतन्त्र र समाजवाद उन्मुख लोकतन्त्र हो’, उनले भने, ‘नरबहादुर कर्माचार्यहरुले मुख्य नेतृत्व गरेर नेपाली जनताले प्राप्त गरेको जुन उपलब्धि छ, यसको रक्षा गर्नु पहिलो काम हो ।’

उनले लोकतान्त्रिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक रुपान्तरण र विकास तीव्र बनाउनुपर्ने धारणा राखे ।

‘अहिलेको नेपाली राजनिति अत्यन्त भ्रष्टीकृत छ नेपाली कम्युनिष्ट आन्दोलनमा पनि भ्रष्टीकरण बढेको छ त्यसको असर हाम्रै पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनि छ’, उनले भने, ‘हामीले नरबहादुर कर्माचार्य जस्तै निष्ठावान्, सिद्धान्तनिष्ठ, सरल र क्रान्तिमा निरन्तर लागिरहने जीवनचर्या हामीले पनि सिक्नुपर्ने हुन्छ ।’

उनले अहिलेको भ्रष्टीकरण राजनीतिबाट नेपाली कम्युनिष्ट आन्दोलन बचाउन नरबहादुर कर्माचार्यको जीवन चरित्रबाट सिक्नुपर्ने बताए। उनले आफ्नो पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने बताए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ५६ बजे

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

काठमाडौं- सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको