एक सातामा १ सय ६९ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या २ हजार ८ सय नाघ्यो  « Khabarhub

एक सातामा १ सय ६९ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या २ हजार ८ सय नाघ्यो 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ८६ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडी को तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ६७ जनामा संक्रमण देखिएको छ ।

त्यसपछि क्रमशः बागमतीमा ६ सय ३ जना, कोशीमा ४ सय ९९, लुम्बिनीमा ४ सय ४७, सुदूरपश्चिममा ३ सय ४४, कर्णालीमा ७५ र मधेश प्रदेशमा ५१ जनामा डेंगुको संक्रमण पुष्टि भएको इडीसिडीले जनाएको छ । 

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो समया लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ३५ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।