एमालेमा कर्ण थापाबाहेक अरू कुनै नेताको फरक मत छैन : शंकर पोखरेल « Khabarhub

एमालेमा कर्ण थापाबाहेक अरू कुनै नेताको फरक मत छैन : शंकर पोखरेल


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीमा दुई मतजस्तो देखिए पनि अहिले समाधान भइसकेको बताएका छन् ।

एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षे उमेर हद र दुई कार्यकालबारे मतभेद जस्तो देखिए पनि अब हटिसकेको बताए ।

पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा दुवै विषयलाई टुङ्ग्याइसकेको उनले बताए । ‘यी विषयमा अब एक जना नेताको मात्रै असहमति छ, कर्ण थापाले मात्रै असहमति छ कायम राख्नु भएको’, उनले भने ।

पार्टी विधानमा आफैँले स्थगित गरेको कुरालाई नगरे जसरी कार्यकर्ता र जनताबीचमा लैजान नहुने उनले बताए । आफैँले गरेको काममा टीका टिप्पणी गर्नु राम्रो नहुने उनले स्पष्ट पारे ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर निर्णय लिएको उनले बताए । बाँकी विषयमा महाधिवेशनमा आधार सहित छलफल गर्न सकिने उनको भनाइ छ ।

पार्टीभित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको धारणा छ । ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्दछ’, उनले भने ।

कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको धारणा छ । ‘भविष्यको योजना अन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानु पर्दछ, लक्ष समाज बदल्ने हो, माध्यम मात्र चुनाव हो’, उनले बताए ।

उनले चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको बताए । पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागु गर्न सकिने कुरा नबिर्सन उनले आग्रह गरे ।

अहिले देशमा स्थायित्वको लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्ला एक्लै लड्ने उनले स्पष्ट पारे । पार्टीको आफ्नो नीति लागु गर्न एक्लै चुनाव लडेर बहुमतको सकार बनाई पार्टीको नीति कार्यान्वयनमा लैजाने पोखरेलले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ०८ बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’