भारतमा आरीघोप्टे वर्षा : मानवीय क्षति ७० नजिक « Khabarhub

भारतमा आरीघोप्टे वर्षा : मानवीय क्षति ७० नजिक


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गत मङ्गलबार भारतको धरालीमा आरीघोप्टे वर्षा (क्लाउड ब्रस्ट रेन) पछि आएको बाढीको कारण चार जनाको मृत्यु भएको तथा कम्तीमा ६८ जना एक हप्तादेखि बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

निरन्तरको खोजी कार्य पश्चात पनि केही निकास नआएपछि वेपत्ताहरू सबैको मृत्यु भएको आशङ्का गर्दै अगस्ट ५ को प्रकोपको कारण मृत्यु हनेको सङ्ख्या ७० जनाभन्दा बढी पुग्ने अधिकारीहरुले बताएका हुन् ।

घटनाबारे सार्वजनिक गरिएको भिडियोहरूमा माटो मिसिएको पानीले ठूलाठूला अपार्टमेन्टहरू बगाउँदै लगेको डरलाग्दो दृश्य देखाइएको छ ।

विपद् व्यवस्थापनका अधिकारीहरूले मङ्गलबार पनि उत्तराखण्ड स्थित धरालीको भग्नावशेषमा शवहरू खोजिरहेको जनाइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारी गम्भीर सिंह चौहानले तालिम प्राप्त कुकुरहरूले शव भएको सङ्केत गर्ने धेरै ठाउँहरू पहिचान गरेको तर उत्खनन गर्दा पानी बाहिर निस्किएकाले उद्धरामा कठिन भएको बताएका छन्‌ ।

उनले खोजीमा ग्राउन्ड पेनिट्रेटिङ राडार पनि प्रयोग गरिरहेको बताए । स्थानीय सरकारले अहिले ४४ जना भारतीय र २२ जना नेपालीसहित ६८ जनालाई बेपत्ताको सूचीमा राखेको छ । सूचीमा नौ जना सैनिक छन् ।

विज्ञहरूले खराब योजनाबद्ध विकाससँगै जलवायु परिवर्तनले प्राकृतिक जोखिम बढाइरहेको बताएका छन् । हालसम्म बाढीको कुनै आधिकारिक कारण पत्ता लागेको छैन, तर वैज्ञानिकहरूले भारी वर्षाले द्रुत गतिमा पग्लिरहेको हिमनदीबाट बाढी आएको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : १६ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको