दलाई लामासँग भेट गरेपछि चेक गणतन्त्रका राष्ट्रपतिसँग चीनको सम्पर्क बन्द « Khabarhub

दलाई लामासँग भेट गरेपछि चेक गणतन्त्रका राष्ट्रपतिसँग चीनको सम्पर्क बन्द


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले चेक गणतन्त्रका राष्ट्रपति पेटर पाभेलसँगको सम्पूर्ण सम्पर्क र संलग्नता बन्द गरेको छ । तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्ता गरेपछि चीनले चेक गणतन्त्रका राष्ट्रपतिसँग सबै सम्पर्क र संलग्नता बन्द गरेको हो ।

टर्किस समाचार संस्था आनादोलु एजेन्सीका अनुसार पाभेलको यो भेटले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । भेटअघि चीनले यसको चर्को विरोध गरेको थियो ।

चीनले दलाई लामालाई तिब्बतको स्वतन्त्रताको माग गर्ने पृथकतावादी नेताको रूपमा हेर्दै आएको छ । चीनले तिब्बती धर्मगुरुको अन्तर्राष्ट्रिय गतिविधिलको पनि आलोचना गर्दै आएको छ ।

दुई जनाबीच गत जुलाई २७ का दिन भारतको लद्दाख क्षेत्रमा भेटवार्ता भएको थियो । चेक गणतन्त्रले भने व्यक्तिगत प्रकृतिको यो भेटले कुनै राजनैतिक महत्व नराख्ने प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३१ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा