भारतीय प्रधानमन्त्री र उज्बेकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री र उज्बेकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानका राष्ट्रपति शभकत मिर्जियोयेभसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार वार्ताका क्रममा दुई नेताले भारत र उज्बेकिस्तानबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने सहमति गरेका छन् ।

वार्ताका क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन व्यापार, लगानी, ऊर्जा, र रक्षा क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन् । साथै, दुई नेताबीच क्षेत्रीय सुरक्षा र स्थिरताका लागि संयुक्त प्रयासलाई जारी राख्ने पनि सहमती भएको छ ।

प्रधानमन्त्री मोदीले उज्बेकिस्तानको विकास र समृद्धिका लागि भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यो वार्ताले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

भारत र उज्बेकिस्तानबीच सन् १९९२ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पछिल्लो समय भारतले मध्य एशियाका मुलुकहरुसँग आफ्नो सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३९ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व