शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी « Khabarhub

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे परामर्श लिएका छन् । विज्ञहरुसँगको परामर्शपछि राष्ट्रपतिले आन्दोलनकारी जेन–जी पुस्ताको मागवमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी गरेको स्रोतले खबरहबलाई बतायो ।

‘आन्दोलनकारी युवाहरुको भावनाको कदर गर्दै अन्तरिम सरकारमा उनीहरुको प्रतिनिधित्व हुनुपर्ने हामीले सुझाव दिएका छौं,’ राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्केका एकजना संविधानविदले खबरहबसँग भने, ‘भोलि बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।’

स्रोतका अनुसार शीतल निवासमा राष्ट्रपतिलाई भेट्न गएका संविधानविदहरुमा भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललितबहादुर बस्नेतलगायत थिए । उनीहरु केही घण्टाको छलफलपछि साँझ ८ बजेतिर शीतलनिवासबाट बाहिरिएका थिए ।

‘शीतलनिवास त जलेको थियो, राष्ट्रपति पौडेल त्यहीँ हुनुहुँदोरहेछ ?’ खबरहबको प्रश्नमा एक संविधानविदले भने, ‘शीतलनिवासको अगाडिको भाग मात्र जलेको रहेछ तर अर्को नयाँ भवनलाई नेपाली सेनाले बचाएछ, त्यही भवनमा हामीले राष्ट्रपतिसँग भेट गरेका हौं, उहाँ सुरक्षित हुनुहुन्छ, सेनाको नियन्त्रण आदि–इत्यादि सबै हल्ला मात्र हुन् ।’

आन्दोलनरत नयाँ पुस्ताले दलका नेताहरुलाई अस्वीकार गरेको हुँदा राष्ट्रपति पौडेलले जेन–जीको मागअनुसार नै दलबाहिरको स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको संविधानविदहरुको दाबी छ ।

राष्ट्रपतिसँग भेटेर फर्केका एक संविधानविदले भने, ‘राति नै परिस्थिति फेरिएछ भने बेग्लै कुरा, तर आजसम्मको स्थिति हेर्दा सुशीला कार्की प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।’

प्रथम महिला प्रधानन्यायधीश बनेकी कार्की प्रधानमन्त्री चयन भएमा उनले नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रेकर्ड बनाउनेछिन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : १२ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार