उपत्यकामा शुक्रबार सेनाको नियम के छ ? « Khabarhub

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

कर्फ्यू खुकुलो बन्दा बजारमा चहलपहल


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल देखिएको छ। बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आवतजावतमा छुट दिएपछि चहलपहल बढेको हो। सेनाले शुक्रबार साँझसमेत ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि समय दिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा हुनेछ। निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन। यो समयमा एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न पाइने सेनाको सूचनामा उल्लेख छ।

सेनाले साँझ ७ बजेपछि भने कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू शनिबार बिहान ६ बजेसम्म रहने छ। सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर निषेधाज्ञा र कर्फ्यूको समय बढाउँदै आएको छ। भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनमा ३४ जनाको मृत्यु भइसकेको छ भने हजार बढी घाइते भएका छन्।

जेनजी प्रदर्शनकारीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको कसरत भइराखेको छ। राष्ट्रपति र सेनापतिको पहलमा जेनजीको सिफारिस अनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि सबै प्रक्रिया टुंगिएको छैन। कार्कीलाई प्रधानमन्त्री बनाउन संवैधानिक जटिलता देखिएपछि राष्ट्रपतिले संविधानविद्सँगको छलफललाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ५० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको