जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते « Khabarhub

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ३६ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३ ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ २ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना, ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना, किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया गरिएका मध्ये ५ जनाको गम्भिर अवस्थामा ट्रमा सेण्टरको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : २७ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल