जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त « Khabarhub

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त बनेका छन् । 

प्रदर्शनकारीको तोडफोड र आगजनीका कारण ८० वटा सरकारी तथा ६३ वटा निजी संरचनामा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले बताएका हुन् ।

‘सबैभन्दा बढी क्षति सरकारी कार्यालय रहेको पोखरामा भयो, मुख्यमन्त्री कार्यालय, प्रदेशसभा बैठक भवन, सचिवालय भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, संसदीय पत्रकार मञ्च ,संसदीय दलका कार्यालय जलाइए, कास्कीमा मात्रै ५३ वटा सरकारी र २२ वटा निजी भवन क्षतिग्रस्त छन्, भौतिक मात्र होइन कास्कीमा मानवीय क्षति पनि भयो, दोलखा घर भएकी एक युवतीको शव जलेको भेटियो, करिब ३० आन्दोलनकारी घाइते भए, ५ जनालाई गोली लाग्यो, उनीहरू मध्ये उपचाररत २ जनाको अवस्था गम्भीर छ, उनले बताए ।’

उनले थपे, ‘ तनहुँमा २१ सरकारी र ९ वटा निजी भवन, पर्वतमा १ वटा सरकारी र ४ वटा निजी भवन, नवलपरासी पूर्वमा ५ सरकारी कार्यालय र २८ निजी संरचनामा क्षति पुगेको छ भने म्याग्दीमा भौतिक तथा मानवीय क्षति भएको छैन ।’ 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : २३ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को