टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने « Khabarhub

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्।

खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्।

गण्डकीले २५–२१,२२–२५, २५–२२, २३–२५ र १५–१३ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । यो खेलमा गण्डकीले २ अंक प्राप्त गर्दा पर्वतले १ अंक पाएको थियो ।

गण्डकी ५ खेलबाट ११ अंकका साथ पहिलो स्थानमा रहँदा १० अंक जोडेको पर्वत दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

यसअघि बिहान ११ बजे तेस्रो स्थानका लागि हुने खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ३६ बजे

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर