टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने « Khabarhub

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्।

खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्।

गण्डकीले २५–२१,२२–२५, २५–२२, २३–२५ र १५–१३ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । यो खेलमा गण्डकीले २ अंक प्राप्त गर्दा पर्वतले १ अंक पाएको थियो ।

गण्डकी ५ खेलबाट ११ अंकका साथ पहिलो स्थानमा रहँदा १० अंक जोडेको पर्वत दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

यसअघि बिहान ११ बजे तेस्रो स्थानका लागि हुने खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ३६ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै