प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस् « Khabarhub

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा संलग्नको तस्बिर-भिडियो तथा सामाजिक सञ्जालका लिङ्क पठाइदिन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास फैल्याउने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क तपाइहरूसँग छन् भने कृपया हामीलाई पठाउनुहोला’, प्रहरी प्रधान कार्यालयले भनेको छ।

प्रहरीले त्यस्ता कुनै जानकारी भए प्रहरीको जिमेल ठेगाना [email protected] पठाउन सकिने पनि सर्वसाधारणलाई भनेको छ। प्रहरीले यसरी विवरण उपलब्ध गराउने व्यक्तिहरूको गोपनीयता राखिने पनि विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ३६ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी