धरानको भाटभटेनीमा भेटियो खरानी भएको शव « Khabarhub

धरानको भाटभटेनीमा भेटियो खरानी भएको शव


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जेनजीको नाममा अराजक समूहले आगजनी गरेको धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट भित्र एक जनाको शव जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।

आगजनी भएको चार दिनपछि पनि चौथो तलामा आगो नियन्त्रणमा आएको छैन । भवनको तेश्रो, दोस्रो र पहिलो तलामा अरु शङ्कास्पद शवको खोजी भइरहेको  छ ।

जलेर खरानी भएको शव भने शुक्रबार १० बजे जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको टोली खण्डहर बनेको भाटभटेनी सुपर मार्केटको दोस्रो तलामा भेटिएको हो । 

आगलागी भएको सुपरमार्केट भित्र चार जना फसेको र तिनीहरूको शव त्यही भित्र हुनसक्ने आशंका गर्दै खोजी गर्ने क्रममा एक जनाको शव भेटिएको हो । 

प्रत्यक्षदर्शीहरूका अनुसार गत मंगलबार सांझ ५ बजे भाटभटेनी सुपर मार्केट बन्द भइसकेको तीन घण्टा पछि राती ९ बजेको समयमा अराजक समूह आएर तोडफोड गर्दै लुटपाट मच्चाउन १५–२० जना भित्र पसेका थिए ।

तिनै अराजक समूहले बाहिरबाट आगजनी गरेका थिए । आगो फैलिएर दनदनी बल्न थालेपछि लुटपाट मच्चाउन भित्र पसेकामध्ये ४ जना फस्न पुगेका थिए । एक जना लुटेरा दुई तलाबाट हाम फालेर बाचे पनि तिनको खुट्टा भाँचिएको थियो । 

आगोले जलेर शरीरको आकारमा खरानी भएको शवको खप्पर, दाँत र हड्डीको केही अवशेष मात्रै थियो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको छ । अन्य शवको खोजी कार्य पुनः गर्ने सुरक्षा निकायले जनाएको छ । 

भाटभटेनीको आगलागीमा फस्नेहरूले मोबाइल सम्पर्क गरेर घरमा फोन गरेका थिए । ती मध्ये दुई जनाको अभिभावहरू सम्पर्कमा आएको बताइएको छ । ताप्लेजुङ स्थायी घर भए पनि इटहरीमा बसेर पढ्दै आएका एक जनाले पनि भाटभटेनीमा फसेको भनेर फोन सम्पर्क गरेका थिए । ती युवा स्कुटर लिएर अराजक समूहसँग लुटपाटमा हिँडेका थिए । भाटभटेनी अगाडि वेवारिस स्कुटर भने अभिभावकहरूले लगेको प्रत्यक्षदर्शीहरुले बताए ।

अर्का एक जना धरानमै टेलरिङ गर्दै आएका मुस्लिम समुदायका युवाले पनि भाटभटेनीमा फसेको भनेर घरमा फोन सम्पर्क गरेका थिए । फेला परेको शव कस्को हो त्यो भने पहिचान हुन सकेको छैन । 

अराजक समूहले मंगलबार सांझ सात बजेदेखि धरानमा तोडफोड र आगजनी सुरु गरेका थिए । उनीहरूले सबै भन्दा पहिले पूर्व उपमेयर मन्जु भण्डारीको घर तोडफोड गर्दै घरका सामान बाहिर निकालेर आगो लगाएका थिए । 

त्यसपछि सोही समूह पुर्व मेयर मनोज कुमार मेन्याङ्बोको बरगाछीस्थित होटल कन्चनजंघामा पुगेर तोडफोड गर्दै लुटपाट गरेका थिए । होटल तथा घरका सामान निकालेर बाटोमा आगो लगाएका थिए । मेन्याङ्बोले अराजक समूहले घरभित्र छिरेर नगद ७ लाख रुपैयाँ र बहुमूल्य गहनाहरू पनि लुटेको बताए । 

सोही समूह धरान–१८ बुद्धचोकस्थित पूर्व मेयर तिलक राईको घर तिर आगजनी र तोडफोड गर्न पुगे पनि स्थानीय समुदायले लखेटेका थिए ।

तितरवितर भएका उक्त अराजक समूह फेरि एकजुट भएर धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईको घर लुटपाट र आगजनी गर्न पुग्दा त्यहाँ पनि तीन चार सयको संख्यामा स्थानीय बासिन्दा देखेपछि भागेका थिए । 

सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्ति लुटपाट गर्ने र आगजनी गर्नेहरूको पहिचान अहिले बिस्तारै खुल्न थालेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ३५ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु