काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद « Khabarhub

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना बरामद भएको छ ।

सेना र प्रहरीको संयुक्त चेकिङ टोलीले बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा काभ्रेको भकुण्डेबेँसीमा बा.प्र.०१- ००६ ख ९१७३ नं. को विद्युतीय गाडीबाट उक्त परिमाणमा नगद र गरगहना बरामद गरेको हो ।

गाडीमा सिरहा भगवानपुर गा.प -२ बस्ने वर्ष १८ को नरेशकुमार यादव सवार थिए । गाडी खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नग‍द तीन लाख ५० हजार ३०० र १२ लाख २६ हजार ९४ रुपैयाँ ३९ पैसा बराबरको गरगहना फेला परेको थियो ।

यादवले बोकेको झोलामा नगदसहित एक थान छड्के तिलहरी, मंगलशुत्र एक थान, बेरुवा औँठी एक थान र सिक्री तीन थान भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

बरामद नगद र गरगहनाको स्रोत खुल्न नसकेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : २० बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले