अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ | Khabarhub Khabarhub

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

संसद विघटन गर्न यसरी तयार भए राष्ट्रपति



काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ ।

जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै कार्कीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछिन्‌ ।

झण्डै चार घण्टा लामो वार्तापछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको त्यहाँ सहभागी जेन-जी प्रतिनिधि आशिष तामाङले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमै प्रतिनिधि सभा विघटनको सूचना सार्वजनिक गर्दैछन् । उनको सचिवालयका अनुसार पौडेलले ८ बजेसम्ममा सूचना सार्वजनिक गरिसक्ने छन्‌ ।

तामाङका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीबीच करिब चार-पाँच घण्टा लामो वार्ता भएको थियो । त्यसअघस दुई व्यक्तिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि वार्ता गरेका थिए ।

वार्तापछि सबै कुराहरू मिलाएर कार्कीलाई अन्तरिम सरकारको नेतृत्व बनाउने विषयमा सहमति जुटेको हो ।

संसद विघटन गर्न यसरी तयार भए पौडेल

जेन-जी अभियन्ताहरूले पहिले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन प्रकृया थाल्नुपर्ने अडानमा राष्ट्रपति पौडेलले दिनभरजसो असहमति जनाएका थिए ।

तर, नेपाली सेनाले समेत जतिसक्दो चाँडो सहमति नजुटाएर शान्तिसुरक्षा कायम गर्नकै लागि पनि सङ्कटकाल लगाउनुपर्ने सङ्केत गरेपछि उनले छलफल तीव्र पारेका थिए ।

सहमति हुनुअघि अन्तिम क्षणसम्म संसदं विगठन नगरी अन्तरिम सरकार गठन गर्ने अडानबाट राष्ट्रपति पौडेल तब पछि हटे – जब प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, जेन-जी अभियन्ता र संवैधानिक निकायका केही पदाधिकारीहरूले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखे ।

त्यस्तो अडान र सुझाव आएपछि राष्ट्रपति पौडेल त्यसमा सहमत भएका हुन् । सहमतिअनुसार आजै कार्कीलाई अन्तरीम सरकारको प्रमुख बनाएर शपथ खुवाइने बताइएको छ।

कार्कीलाई सपथ खुवाइएपछि मात्र उनले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने जेनजी युवाको भनाइ छ । खबरहबले फोन सम्पर्क गर्दा कार्कीले पनि आफूले नेतृत्व लिन लागेको सङ्केत दिइन् ।

उनले खबरहबलाई भनिन्‌, ‘तपाईंहरूले सुनेको हल्ला साँचो हो ।’

यतिखेर संसद्‌ विघटन गृहकार्य भइरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ५७ बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज