प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति « Khabarhub

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, जेन-जी नेतृत्व, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतबीच यस्तो सहमति जुटेको हो ।

सहमतिअनुसार जेन-जीबाट प्रधानमन्त्रीमा सिफारिस कार्कीलाई सरकार प्रमुख बनाउनुअघि नै आफूले संसद्‌ विघटन गर्ने जानकारी राष्ट्रपति पौडेलले मौजुदा दलका नेताहरूलाई दिइसकेका छन्‌ ।

जेन-जी अभियन्ताहरूले प्रतिनिधि सभा विघटन गरेर मात्रैए अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखेका थिए । राष्ट्रपति पौडेलले भने सरकार गठन गरेपछि मात्रै संसद्‌ विघटनको कोर्स सुरु गर्न सकिने अडान लिएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ७ : ३६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले