सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ « Khabarhub

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ ।

संघीय संसद्‌ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद्‌ गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।

संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।

पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।

जेन-जी अभियन्ताहरूले संसद्‌बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद्‌ विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई उल्लेखित धाराबाट प्रधानमन्त्री नियक्ति गरिएको हो ।

कार्की प्रधानमन्त्री भएलगत्तै शपथग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ४३ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह