नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने प्रधानमन्त्रीको आश्वासन « Khabarhub

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने प्रधानमन्त्रीको आश्वासन


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुुरथिमिस्थित राष्ट्रिय विभूूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरेर सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताएकी हुन् ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको टोलीसँगको भेटमा उनले पाँच सयको नोट छपाइका लागि विधिवत् रूपमा गइसकेको हुुनाले अब निष्काशन हुन बाँकी नोटमा नेपाल संवत् प्रयोग गर्न सकिनेबारेमा छलफल गर्ने आश्वासन दिएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विशेष चासो दिएकी छन् । उनले नेपाल संवतको नयाँ वर्षको दिन शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत तय भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : १९ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली