इजरायल पुगेको सम्झिँदै एनपी साउदले भने- विपिन सुरक्षित फर्किने आशा अझै जीवित छ « Khabarhub

इजरायल पुगेको सम्झिँदै एनपी साउदले भने- विपिन सुरक्षित फर्किने आशा अझै जीवित छ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणपछि दुई वर्षअघि भएका घटनालाई सम्झिँदै नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित उद्धारका लागि आशा अझै जीवित रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेखेको स्मृतिपूर्ण पोस्टमा साउदले सन् २०२३ अक्टोबर १२ मा परराष्ट्रमन्त्रीको हैसियतले इजरायल पुगेको दिन सम्झिएका हुन्।

उनले हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको दुखद् क्षणलाई पुनः स्मरण गरेका छन्।

साउदका अनुसार, उनले त्यतिबेला मृतक विद्यार्थीहरूको शव उद्धार, घाइतेहरूको उपचार र स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको उद्धारका लागि इजरायल पुगेका थिए।

त्यही क्रममा विपिन जोशी हमासद्वारा अपहरण भई गाजामा बन्धक बनाइएको खबरले आफूलाई गहिरो पीडा र चिन्ता दिएको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आजसम्म पनि विपिनको सकुशल उद्धारको आशा जीवितै छ। मेरो कार्यकालमा इजरायल सरकार, कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस र संयुक्त राज्य अमेरिकासँग उच्च कूटनीतिक तहमा निरन्तर सम्पर्क, संवाद र वार्ता गरेको थिएँ।’

साउदले घाइते र अन्य नेपाली नागरिकको उद्धार सम्पन्न गरेर फर्किँदा विपिनलाई साथमा ल्याउन नपाउँदा मन अमिलो भएको भाव व्यक्त गरेका छन्।

उनले आफ्नो र समस्त नेपालीहरूको तर्फबाट विपिनको सकुशल रिहाइ तथा सुरक्षित उद्धारको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : ३५ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा