जेन-जी आन्दोलनका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौँ : जगदिश खरेल « Khabarhub

जेन-जी आन्दोलनका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौँ : जगदिश खरेल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुबिधा नराख्न आग्रह गरेका छन् । 

आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेर छलफल गर्दै मन्त्री खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेकाले कुनै दुबिधा नराख्न आग्रह गरेका हुन् । 

मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । अहिले दलहरूसँगको संवादहीनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ छ । 

त्यसैगरि मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । उनले मुलुक अहिले पनि ठूलो भ्याकुमा जान सक्ने जोखिम रहेकाले मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

उनले अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहार अघि नै सुरु हुने जानकारी दिए  । मन्त्री खरेलले पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गरे । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ५७ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट