झलनाथ खनालले भने- सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ  | Khabarhub Khabarhub

झलनाथ खनालले भने- सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ 


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिएका छन्  ।

जेन-जी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताए ।

‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला पार्टीमा र जेन-जी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ । यसले गर्दा सबैको माग पुनर्गठन र रूपान्तरणको हो’, उनले लेखेका छन्, ‘यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो ।’

अहिले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्ने नहुने नेता खनालले धारणा राखे । ‘यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन । हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं’, उनले भने । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकीकरणका चर्चाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ । नवौँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनी पार्टीभित्रका युवाको आवाजअनुरूप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखे । 

सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत् राष्ट्रिय मोर्चाको निर्माणमार्फत प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको विचार छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ३८ बजे

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश