झलनाथ खनालले भने- सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ  « Khabarhub

झलनाथ खनालले भने- सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ 


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिएका छन्  ।

जेन-जी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताए ।

‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला पार्टीमा र जेन-जी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ । यसले गर्दा सबैको माग पुनर्गठन र रूपान्तरणको हो’, उनले लेखेका छन्, ‘यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो ।’

अहिले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्ने नहुने नेता खनालले धारणा राखे । ‘यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन । हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं’, उनले भने । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकीकरणका चर्चाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।

आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ । नवौँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनी पार्टीभित्रका युवाको आवाजअनुरूप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखे । 

सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत् राष्ट्रिय मोर्चाको निर्माणमार्फत प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको विचार छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ३८ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा