विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल « Khabarhub

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताएका छन् ।

उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झन्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिए । 

सञ्चार मन्त्री खरेलले भने, ‘यो  दर्ता प्रक्रिया  सम्भवतः तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरूले झन्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मनसुनसम्बन्धी विपद् र दसैँ परेकाले प्रक्रियागतरुपमा मिलाउन पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णय भएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढ्ने विश्वास दिलाए ।

अरु सरकारी निकाय जस्तो ढिलासुस्तीको अनुभूति  सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उनले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग हुँदै आएको बताए । 

मन्त्री खरेलले भने, ‘तपाईँहरूले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिकाबीचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने  चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’

उनले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुने गरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । 

सरकारले जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हर सम्भव प्रयत्न हुने दृढता व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताइन्।

विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिए ।
 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ५० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा