हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने « Khabarhub

हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

दोहा– समूहको वार्ता समितिका नजिकका हमास स्रोतले आइतबार युद्धपछिको गाजामा हमासले शासनमा भाग नलिने पुष्टि गरेको छ । यो घोषणा विश्व नेताहरूले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनका लागि भेला हुने तयारीको बीचमा आएको हो ।

स्रोतका अनुसार इजरायल–हामास युद्धविराम लागू भएको केही दिनपछि दुवै पक्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे युद्ध अन्त्य योजना कार्यान्वयनका लागि छलफलमा छन् । उक्त योजना हमासको निःशस्त्रीकरण र समूहलाई गाजाको प्रशासनमा संलग्न नहुने आह्वान गर्दछ ।

‘हमासका लागि गाजा पट्टीको शासन एउटा बन्द मुद्दा हो । सङ्क्रमणकालीन चरणमा हमासले पूर्ण रूपमा भाग लिने छैन, जसको अर्थ यसले पट्टीको नियन्त्रण त्यागेको छ, तर अझै प्यालेस्टिनी बनावटको आधारभूत अंश बनेको छ’, स्रोतले संवेदनशील मामिलाहरूमा नाम नखुलाउने सर्तमा बतायो ।

हमासको नेतृत्व विगतमा गाजाको भविष्यको प्रशासन लगायत प्रमुख विषयहरूमा विभाजित रहेको छ, तर निःशस्त्रीकरणको प्रश्नमा कुनै भिन्नता छैन । स्रोतका अनुसार हमास दीर्घकालीन युद्धविराममा सहमत छ र गाजामा इजरायली आक्रमण बाहेक हतियार प्रयोग गर्नेछैन ।

ट्रम्पको २०–बुँदे योजनाको पहिलो खण्डले गाजालाई ‘छिमेकीहरूका लागि खतरा नपर्ने आतङ्कमुक्त क्षेत्र’ बनाउने आह्वान गरेको छ । योजनामा भविष्यको गाजा शासनमा हमासको कुनै भूमिका नहुने, यसको सैन्य पूर्वाधार र हतियार नष्ट र पुनर्निर्माण नगर्ने उल्लेख छ ।

यस योजनाअन्तर्गत अस्थायी टेक्नोक्रेटिक र अराजनैतिक प्यालेस्टिनी समितिलाई सार्वजनिक सेवाहरूको दैनिक सञ्चालनको जिम्मा दिइनेछ । वार्ताकारहरूसँग नजिकका स्रोतका अनुसार मध्यस्थकर्ता इजिप्टलाई समितिको संरचनामा सहमति जनाउन अर्को हप्ताको अन्त्य अघि बैठक बोलाउन आग्रह गरिएको छ र ‘नामहरू लगभग तयार छन् ।’

स्रोतका अनुसार हमास र अन्य गुटहरूले ४० नाम पेस गरेका छन् । तिनीहरूमाथि कुनै भिटो छैन र कोही पनि हमाससँग सम्बन्धित छैनन् । रासस

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ०३ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका