देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी | Khabarhub Khabarhub

देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए ।

अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो । “नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो”, अध्यक्ष केसीले भने, “नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।”

राजनीतिक कार्यक्रममा पहिलोपटक मोहन विक्रम नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक राजनीतिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनलाई उनले आज नारायणगढमा सम्बोधन गरेका हुन् ।

सम्बोधन गर्दै महामन्त्री सिंहले जेनजी आन्दोलनको फाइदा स्वार्थरत राजनीतिक दलहरुले लिएको बताए । जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्ध भए पनि उग्र हुनु भनेको स्वार्थका लागि खेल खेलिएको आफूले महसुस गरेको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव शालिकराम सापकोटालगायतले वर्तमान राजनीतिक परिवेशमा पार्टी र जनवर्गीय सङ्गठनले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

महाधिवेशन सोमबारसम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : १९ बजे

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने तयारी

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन

जेन–जी आन्दोलनमा भागेकामध्ये ५५ सय कैदी अझै बाहिरै (सूचीसहित)

काठमाडौं – कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनको क्रममा फरार भएका

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता