जसपा मधेश प्रदेश अधिवेशनको तयारी पूरा « Khabarhub

जसपा मधेश प्रदेश अधिवेशनको तयारी पूरा


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको पहिलो एकताको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जनकपुरधाममा सोमबारदेखि सुरु हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अधिवेशनमा विभिन्न जिल्लाबाट ५०० प्रतिनिधि र १०० पर्यवेक्षक सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले जानकारी दिए । उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने प्रदेश अधिवेशन यही असोज २७ र २८ गते सम्म सञ्चालन हुने जानकारी दिए ।

अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजीले उठाएका मागसहितका विभिन्न विषयमा छलफल हुने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । साथै अध्यक्ष पदाधिकारीसहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुने छ ।

प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष यादवले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधि वडा स्तरबाट छनोट भएर आउन लागेका छन् ।

पचास जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ३६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब