कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगेपछि… « Khabarhub

कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगेपछि…


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वत सदरमुकाम कुश्माको बञ्जि साइडमा अनौठो घटना घटेको छ । पछिल्लो समय गाउँघरमा बाँदर आतङ्क बढेको खबर त नौलो थिएन । तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ ।

बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी श्रीमती दिब्या कार्कीको राहदानी राखेको झोलानै गायब बनाएपछि ती पर्यटक अहिले बिलखबन्दमा परेका छन् ।

पर्वतको कुश्मास्थित बन्जी साइडमा द क्लिफले सञ्चालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाइन अवलोकनका लागि आइपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको राहदानीसहितको झोला बाँदरले लिएर भिरतिर भागेको पीडित पर्यटकले बताएका छन् । आडम्स र कार्कीले एउटै झोलामा राहदानीसहित अन्य महत्वपूर्ण कागजात राखेका थिए ।

राहदानी बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन ।

“शनिबार उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,” उनले भने, “फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।”

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजोदेखि सात प्रहरीको टोली खटाएका छौँ, आज सशस्त्र प्रहरी पनि खटिएको छ,’ उनले भने, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीर छ, छिर्नै गाह्रो छ ।’

उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदनसमेत दर्ता गरेका छन् । खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट राहदानी लिनुपर्छ,’ प्रहरी नायव उपरीक्षक यादवले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : २८ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध