पाकिस्तानमा पत्रकारको हत्या « Khabarhub

पाकिस्तानमा पत्रकारको हत्या


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा सञ्चारकर्मीहरु दिनप्रतिदिन असुरक्षित बन्दै जान थालेका छन् । हालैमात्र मिरपुरमा एक जना पाकिस्तानी पत्रकारको हत्या भएको छ ।

आफ्ना केटाकेटीलाई विद्यालय लैजादै गर्दा पत्रकार तुफैल अहमद रिन्दको हत्या भएको हो । उनलाई अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।

गोली लागेपछि घटनास्थलमै उनको ज्यान गएको कश्मीर ब्रेकिङ न्यूजले उल्लेख गरेको छ । यद्यपि घटनामा उनका सन्तानलाई भने केही नभएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि मिरपुर माथेले अस्पतालमा लगिएको छ । पत्रकारहरुले उनको हत्याको निन्दा गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

पाकिस्तानलाई पत्रकारका लागि सबैभन्दा असुरक्षित मुलुकमध्ये एक मानिन्छ । पछिल्लो समय पाकिस्तानमा पत्रकारहरु भयको वातावरणमा काम गर्न बाध्य रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : १५ बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका