चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल कारखाना खोल्ने « Khabarhub

चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल कारखाना खोल्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल उद्योगमा प्रवेश गर्ने घोषणा गरेको छ । यस समूहले ३८ करोड डलरको लगानीमा ५० लाख टन क्षमताको स्टिल कारखाना स्थापना गर्ने घोषणा गरेको हो ।

निक्के एशियाका अनुसार दक्षिणपूर्वी एशियाली मुलुकहरुमध्ये भियतनाम सबैभन्दा धेरै स्टिल आयात गर्ने मुलुक हो । यस वर्षको पहिलो नौ महिनामा भियतनामले १ करोड १२ लाख टन स्टिल आयात गरेको छ ।

भियतनाम आफ्नो स्टिल आयातमा चीनसँग निर्भर रहँदै आएको छ । यस वर्षको नौ महिनामा भियतनामले ६० प्रतिशत स्टिल चीनबाट आयात गरेको छ ।

भिनग्रुपले भियतनामको हान टिन्ह प्रान्तस्थित भुङआङ औद्योगिक क्षेत्रमा कारखाना स्थापना गर्न लागेको निक्के एशियाले उल्लेख गरेको छ । यस कारखाना स्थापना भएसँगै स्टिल आयातमा चीनसँग भियतनामको निर्भरता घटेर जाने अपेक्षा गरिएको छ ।

भिनग्रुपले प्रविधि, उद्योग, व्यापार, सेवा, ऊर्जाजस्ता क्षेत्रमा काम गर्दै आएको छ । अब यस समूहले स्टिल उत्पादन पनि गर्न लागेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ४३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले