चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल कारखाना खोल्ने « Khabarhub

चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल कारखाना खोल्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको निर्भरता घटाउन भियतनामको भिनग्रुपले स्टिल उद्योगमा प्रवेश गर्ने घोषणा गरेको छ । यस समूहले ३८ करोड डलरको लगानीमा ५० लाख टन क्षमताको स्टिल कारखाना स्थापना गर्ने घोषणा गरेको हो ।

निक्के एशियाका अनुसार दक्षिणपूर्वी एशियाली मुलुकहरुमध्ये भियतनाम सबैभन्दा धेरै स्टिल आयात गर्ने मुलुक हो । यस वर्षको पहिलो नौ महिनामा भियतनामले १ करोड १२ लाख टन स्टिल आयात गरेको छ ।

भियतनाम आफ्नो स्टिल आयातमा चीनसँग निर्भर रहँदै आएको छ । यस वर्षको नौ महिनामा भियतनामले ६० प्रतिशत स्टिल चीनबाट आयात गरेको छ ।

भिनग्रुपले भियतनामको हान टिन्ह प्रान्तस्थित भुङआङ औद्योगिक क्षेत्रमा कारखाना स्थापना गर्न लागेको निक्के एशियाले उल्लेख गरेको छ । यस कारखाना स्थापना भएसँगै स्टिल आयातमा चीनसँग भियतनामको निर्भरता घटेर जाने अपेक्षा गरिएको छ ।

भिनग्रुपले प्रविधि, उद्योग, व्यापार, सेवा, ऊर्जाजस्ता क्षेत्रमा काम गर्दै आएको छ । अब यस समूहले स्टिल उत्पादन पनि गर्न लागेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ४३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर