पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए « Khabarhub

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्स्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले एक लाखको ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि नहटेको बताए । उनले अझै पनि वास्तविक मिटरब्याज पीडितले न्याय पाउन नसकेको बताए ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार ऋण लिएकोमा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजारको तमसुक बनाएको आरोप लगाए ।

पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता बस्नेतले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : ०७ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २