विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा « Khabarhub

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्तिमार्फत २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ वर्तमान परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजिविकाको पक्षमा तथा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन।’

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दी बन्न थालेको विप्लवले उल्लेख गरेका छन् ।

‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : १४ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार