विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा « Khabarhub

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्तिमार्फत २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ वर्तमान परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजिविकाको पक्षमा तथा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन।’

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दी बन्न थालेको विप्लवले उल्लेख गरेका छन् ।

‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : १४ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको