जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती « Khabarhub

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले सबै कर्मचारी कटौती गरेको छ। महाप्रबन्धक आशीष कुमारले विज्ञप्ति सार्वजनिक गर्दै श्रम ऐन २०७४ को दफा १४५ बमोजिम १३३ जना श्रमिक कटौटी गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। हयातको यो निर्णय मङ्सिर २२ गतेदेखि लागू हुनेछ। श्रमिक कटौती गर्ने सूचना प्रकाशित भएको ३० दिनभित्र यो निर्णय लागू हुने उल्लेख गरिएको छ।

भदौ २४ गते भएको घटनाका कारणा होटललाई ठुलो आर्थिक क्षति पुगेको र अहिले होटल मर्मतको काम भइरहेको जानकारी गराइएको छ। यो अवधिमा होटलको कुनै आम्दानीको स्रोत नहुने भएकाले ठुलो आर्थिक चुनौती भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जेनजी आन्दोलनकोक्रममा अपराधिक समूहले तोडफोड र आगजनी गर्दा होटलमा बसिरहेका एक विदेशी पाहुना गम्भीर घाइते भएको र उपचारकोक्रममा मृत्यु भएको जानकारी गराइएको छ।

आगलागी हुँदा चार तलाबाट हाम फाइदा घाइते भएका विदेशीको ज्यान गएको हो। होटलमा बसेका अन्य विदेशीको. सामान लुटपाट र आगलागी हुँदा अन्तर्राष्ट्रिय जगतमै होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव परेको अवगत गराइएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४७ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको