जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती « Khabarhub

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले सबै कर्मचारी कटौती गरेको छ। महाप्रबन्धक आशीष कुमारले विज्ञप्ति सार्वजनिक गर्दै श्रम ऐन २०७४ को दफा १४५ बमोजिम १३३ जना श्रमिक कटौटी गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। हयातको यो निर्णय मङ्सिर २२ गतेदेखि लागू हुनेछ। श्रमिक कटौती गर्ने सूचना प्रकाशित भएको ३० दिनभित्र यो निर्णय लागू हुने उल्लेख गरिएको छ।

भदौ २४ गते भएको घटनाका कारणा होटललाई ठुलो आर्थिक क्षति पुगेको र अहिले होटल मर्मतको काम भइरहेको जानकारी गराइएको छ। यो अवधिमा होटलको कुनै आम्दानीको स्रोत नहुने भएकाले ठुलो आर्थिक चुनौती भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जेनजी आन्दोलनकोक्रममा अपराधिक समूहले तोडफोड र आगजनी गर्दा होटलमा बसिरहेका एक विदेशी पाहुना गम्भीर घाइते भएको र उपचारकोक्रममा मृत्यु भएको जानकारी गराइएको छ।

आगलागी हुँदा चार तलाबाट हाम फाइदा घाइते भएका विदेशीको ज्यान गएको हो। होटलमा बसेका अन्य विदेशीको. सामान लुटपाट र आगलागी हुँदा अन्तर्राष्ट्रिय जगतमै होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव परेको अवगत गराइएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा