नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव « Khabarhub

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावललाई स्वागत गर्दैछ । रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालसहित रावललाई स्वागत गर्ने कार्यक्रम राखिएको नेकपा संयोजक प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

रावललाई स्वागत गर्न ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सुरु हुनेछ ।

यो समायोजनले सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा मातृभूमि जागरण अभियानले बनाएका सञ्जाल र प्रभावलाई नयाँ दलमा समेटेर राजनीतिक शक्ति रूपान्तरण गर्ने रणनीति बताइएको छ।

कार्यक्रमलाई संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : १० बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना