मतदाता नामावली दर्ता गर्नेको चाप उच्च « Khabarhub

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ ।  

आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । 

आयोगले तोकेको मिति नजिकिँदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरू नामावली दर्ताका लागि कार्यालयमा आएका छन् । 

गत हप्तासम्म दैनिक १० देखि १५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा आइतबारदेखि ५० जनाको हाराहारीमा आएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले बताए । 

‘नाम दर्ता गर्ने समयसिमा नजिकिँदै गर्दा सेवाग्राहीको चाप बढेकोले सर्वर नचल्दा काम गर्न ढिलाइ र समस्या भएको छ,’ उनले भने, ‘नामावली दर्ताका लागि आउनेमा युवा युवतिहरू धेरै छन् ।’

नयाँ मतदाताहरूले मतदानको प्रतीक्षामा रहेको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाकी अस्मि सापकोटाले मतदानमा भाग लिनका लागि नामावली दर्ता गर्नुपर्ने र आफ्नो उमेर पुगेको हुँदा दर्ताका लागि आएको बताइन् ।  

‘योग्य उमेद्वारलाई जिताएर नीति निर्माण तहमा पुर्‍याउन सकेमा हाम्रो भावना बुझेर बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ति जस्ता समस्याको सम्बोधन हुने अपेक्षा गरेकी छु,’ उनले भनिन्, ‘पहिलो पटक मतदानमा भाग लिन पाउने भएकाले उत्साही भएको छु ।’

बेनीकी जाफ्रिन हुसेनले निर्वाचनप्रति स्थिरता, शुसाषन, विकास, रोजगारी सिर्जना, शान्तिको अपेक्षा गरेको बताइन् । जासिम मियाले नेपालमा दिगो शान्ति, विकास र संवृद्धि चाहेको बताइन् । 

निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । मंगलबारसम्म नयाँ चार सय ८८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए । उनका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको छ । 

वि.स. २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार ८४ हजार पाँच सय २० जना कायम भएको छ । 

अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार एक सय ७४ जना पुरुष, ४३ हजार तीन सय ४५ महिला र एक जना अन्य छन् । 

मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइसराइ गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ०२ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व