पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र « Khabarhub

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । 

कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थानीयवासीको गुनासो छ । 

आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गरे । 

कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ । अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

काठमाडौं महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ड प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउँछन् । महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ । 

विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिनुभएका इञ्जिनीयर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउँछन् । दुई करोड लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए । रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : १८ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व